काठमाडौ, मंसिर : स्लिम स्मार्टफोन बनाउने दौडमा कयौ कम्पनी छन्, जियोनीका एस ५.१ अहिलेको सबैभन्दा स्लिम स्मार्टफोन हो । तर, अब चीनको एक कम्पनी विवोले यो रेकर्ड तोड्ने भएको छ ।
विवोले ल्याउने नयाँ
स्मार्टफोन एक्स ५ म्याक्स मात्र ४.७५ मिमी पातलो छ र यो विश्वको सबैभन्दा पातलो स्मार्टफोन हुनेछ । समाचारहरूमा जनाइए अनुसार यसमा एक स्मार्टफोनमा हुने सबै सुविधा रहेका छन् । यो एण्ड्रोइड फोन बिना क्यामरा ३.७५ मिमी पातलो हुन सक्छ ।
के-के छन् सुविधाहरूः
– ५.५ एमएम फुल हाई डेफिनेशन
– एण्ड्रोइड ४.४ अपरेटिङ सिस्टम
– ४.७५ एमएम मोटाई
– १.७ जीएचजेड ओक्टा कोर मीडियाटेक प्रोसेसर
– २ जीबी र्याम, १६ इन्टरनल स्टोरेज, १२८ जीबी एक्सटर्नल कार्ड
– १३ एमपी रियर क्यामरा, ५ एमपी रियर फ्रन्ट क्यामरा
– ४ जी टिडी-एलटीई