प्रकृति नै जीउने आधार

सन्दर्भ: विश्व वातारण दिवस
648
  •  
  •  
  •  

वातावरण स्वच्छ राख्ने कर्तव्य हो ठानौँ
प्रकृति हो जीउने आधार सबैले यहाँ जानौँ

सुदिप वि.क

हावा पानी बनजंगल प्रदुषित हुन्छ
मानिसलाई हानी गर्छ जीवजन्तु लोप हुन्छ

प्रदुषण हुनाले भाइरस रोगले छुन्छ
फोहोरमैला थुप्रिनाले यो सब थोक हुन्छ

न काटौँ बोट बिरुवा बाढी पहिरो आउँछ
वृक्षारोपण गरौँ सबले हरियाली छाउँछ

स्वच्छ राखौँ वातावरण सफा राखौँ घर
आफु अघि नसरे कसले गर्दिन्छ र

बनजंगल जोगाउन अब सबै लागौँ
आजैदेखि गाउँ घर सफा सुग्घर राखौँ

सुदिप वि क
बेसीशहर ११ चिति लमजुङ


  •  
  •  
  •