१० लाख जीवजन्तु र वनस्पति लोप हुने खतरा

679
  •  
  •  
  •  

काठमाडौँ, २४ वैशाख (ओएनएस) : पृथ्वीबाट १० लाख जीवजन्तु र वनस्पति लोप हुने खतरा रहेको एक अध्ययन प्रतिवेदनले चेतावनी दिएको छ।

मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको अध्ययन प्रतिवेदनले औँल्याएको हो।

मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ।

तर यसका लागि मानवले प्रकृतिसँग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतय परिवर्तन ल्याइनुपर्ने बताइएको छ । मानव जातिले हाम्रो बालीमा परागसेचन गराउने माहुरीदेखि बाढीपहिरो रोक्ने वनजंगलसम्मका इकोसिस्टमा नकारात्म असर पारिरहेको बुझिएको छ।

१ हजार लामो सो प्रतिवेदन सार्वजनिक गर्नका लागि विश्वभरका संरक्षण वैधानिकहरु पेरिसमा भेला भएका लिए। ४ सय ५० जनाभन्दा बढी वैज्ञानिक सहभागि भएको सो अध्ययनलले १५ हजार हजारभन्दा बढी वैज्ञानिक र सरकारी प्रतिवेदनहरुको अध्ययन गरेको थियो ।

सो अध्ययनको सारांशलाई १०९ देशका प्रतिनिधिले पारित गरेका छन् । प्रतिवेदनले यतिबेला विभिन्न प्रजाति मात्र होइन पृथ्वी नै जोगाउन आवश्यक भएको उल्लेख गरेको छ ।


  •  
  •  
  •