काठमाडौं, २६ असाेज (एजेन्सी) : रुसमा उडान भर्ने बित्तिकै एक रकेट भित्र गडबडी देखिएपछि कजाकिस्तानमा सुरक्षित अवतरण गराइएको छ । घटनापछि अनुसन्धान र उद्दारकर्मी ल्यान्डिङ साइटमा पुगे । नासाको एक ट्वीटका अनुसार दुबैलाई हेलिकोप्टरमार्फत टेक–अफ साइट बैकानूर ल्याइएको छ ।
उक्त रकेटले कजाकस्तानको बैकानूरबाट इन्टरनेशनल स्पेस स्टेशन (आइएसएस) का लागि उडान भरेको थियो । उडान भरेको केही सेकेन्डपछि नै रकेटको बूस्टरमा खराबी देखिएको थियो । नासा र रुसी मिडियाका अनुसार सोयूज रकेटमा सवार रुसका एलेक्सी ओविचिन र अमेरिकाका निक हेग सुरक्षित छन् ।नासाले क्रुलाई बचाउनका लागि रकेट फिर्ता बोलाइएको जानकारी दिएको छ ।
सोयुज रकेटले कजाकिस्तानबाट स्थानीय समायानुसार दिउँसो दुई बजेर ४० मिनेटमा उडान भरेको थियो । यो ६ घण्टामा इन्टरनेशनल स्पेस स्टेशन पुग्ने तयारीमा थियो ।निक हेग र एलेक्सीले ओविचिनको स्टेशनमा ६ महिना बिताउनु थियो । यो समयमा उनीहरुले थुप्रै वैज्ञानिक अध्ययनमा भाग लिनुपर्दथ्यो ।
बीबीसी साइन्स संवाददाता जोनाथन अमोस भन्छन्, ‘सोयुजको डिजाइन सबैभन्दा पुरानो हो तर यसलाई निकै सुरक्षित मानिन्छ ।’रकेटमा सवार अन्तरिक्ष यात्रीलाई सायद गडबडीबारे थाहा भइसकेको थियो किनभने उनीहरुले आफूलाई हल्का महसुस भइरहेको बताएका थिए जबकी त्यतिबेला उनीहरुले पछाडि दबाब लगाउनु पर्दथ्यो ।
यस्तो स्थितीमा रकेटबाट आउनका लागि एउटा इस्केप सिस्टम हुन्छ । उडानअघि त्यसको परीक्षण गरिन्छ ।यसकारण धर्तीमा फिर्ता हुनु अन्तरिक्ष यात्रीका लागि असहज हुन्छ । रकेट निकै तीब्र गतीमा तल झर्छ ।
रकेटको मर्मतका लागि रुसमा गम्भीर चर्चा भइरहेको छ । अनुसन्धानले जे निष्कर्ष निकालेपनि यो घटनाले स्पेस स्टेशनको चिन्ता बढ्ने गर्छ । त्यसपछि अनलाइन न्यू रकेट सिस्टमको आवश्यकतामा चर्चा हुनेछ । बोइंग र स्पेसएक्सजस्ता कम्पनीका यी रकेटलाई अर्को वर्ष अंतरिक्षको दुनियाँमा उतारिनेछ । एजेन्सी