झ्यालबाट छिरेर बलात्कार गर्न खोज्ने युवक

269
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक ।
काभ्रेपलाञ्चोकमा प्रहरीले झ्यालबाट छिरेर घर सुतिरहेकी महिलालाई बलात्कार गर्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ।

जबर्जस्ती करणी गरेको आरोपमा उनलाई शुक्रबार अनुसन्धानका लागि गरेको छ।बनेपा नगरपालिका–११ बुडोल निवासी ३५ वर्षीय नारायणप्रकाश श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

घरमा सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर त्रास देखाई बलात्कार गर्न खोजेपछि महिला चिच्याएको र अभियुक्त फरार रहेकामा पुनः घरबाट नै अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनापछि स्थानीयवासी महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

बलात्कारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। पछिल्लो समय काभ्रेपलाञ्चोकमा बलात्कारका घटना बढ्दै गएका छन्।अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •