विधेयक फिर्ता लिन राजपाले सरकारलाई दबाब दिने

332
  •  
  •  
  •  

काठमाडौं । सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म संसद बैठक अवरुद्ध गर्ने राष्ट्रिय जनता पार्टी नेपालले अडान लिएको छ ।

पार्टीको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सो अडान लिएको हो ।
बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई निरन्तर दबाब दिने निर्णय गरेको पार्टीका नेता अनिलकुमार झाले बताए ।

बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको दावी गर्दै आक्रोश पनि व्यक्त गरेको छ ।

बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढ्ने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।
यसअघि सोमबारको संसद बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरुद्ध गरेको थियो ।
संसद अवरुद्ध भएसँगै बैठक बुधबार ११ बजेका लागि डाकिएको छ ।


  •  
  •  
  •