प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

302
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री शेत्रधन राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ मा सात वटा मन्त्रालय छन् । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।
नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।


  •  
  •  
  •