एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

61
  •  
  •  
  •  

काठमाडौं । एनएमबी बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । लगानीकर्ताले आगामी वैशाख २० गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिईसक्नुपर्नेछ ।


  •  
  •  
  •