एमाओवादीको विशेष महाधिवेशन घोषणा हुने

321
  •  
  •  
  •  

काठमाडौं १० भदौ ।
एमाओवादीको चर्किएको बिवाद मिलाउन विशेष महाधिवेशनको मिति घोषणा गर्ने तयारी गरेको छ । नेता बाबुराम भट्टराई पक्षले विराटनगर राष्ट्रिय सम्मेलनबाट चयन भएको नेतृत्वप्रति असन्तुष्टि जनाउदै विशेष महाविधेशनको माग गरेपछि त्यसको मिति घोषणा हुन लागेको हो ।

जिल्ला तहमा नेतृत्व बिवादका कारण भट्टराई पक्षले समानान्तर समिछि गठन गरेपछि कुरा मिलाउन विशेष महाविधिवेशनको मिति घोषणा गर्ने तयारी भएको हो । अध्यक्ष पुष्पकमल दाहाल र नेता भट्टराईबीच बिवाद थप चर्किन नदिन विशेष महाधिवेशनको मिति घोषणा गर्ने समझदारी बन्न लागेको छ ।

‘बिवाद चर्किन नदिन विशेष महाधिवेशनको मिति घोषणा गर्ने कुरा भएको छ’ भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले भने, ‘मिति घोषणा भएपछि हाल भएका पदाधिकारी स्वतः आयोजिक समिति बन्ने छ ।’ यसबारे अन्तिम टुंगो लगाउन भट्टराई पक्षसहित पोलिटब्युरो बैठक मंगलबार बस्दैछ ।

संस्थापनले भट्टराई पक्षलाई समेट्न पदाधिकारी, स्थायी र पोलिटब्युरोको निर्वाचन गराए पनि अस्वीकार गरेका थिए । विशेष महाविधेशनको मिति भने माघपछि मात्र हुने छ । माघसम्म संविधान निर्माणमा केन्दि्रत हुने भन्दै एमाओवादीले त्यसपछि मात्र महाविधेशनको मिति घोषणा गर्ने जनाएको छ ।

दाहाल र भट्टराईबीच पटकपटक छलफल भएपछि विशेष महाविधशनको मिति घोषणा गर्ने मनस्थितिमा पुगेका हुन् । संस्थापनल पक्षले नेकपा-माओवादीलगायत अन्य साना दललाई एकताका लागि बाटो खुला राखी विशेष महाधिवेशन घोषणा गर्ने बताएको छ । मंगबार बस्ने पोलिटब्युरो बैठकमा दाहालले विशेष महाधिवेशनका लागि मिति प्रस्ताव गर्न लागेका छन् । उनले नेकपा-माओवादीसहित अन्य दलसंग एकताका लागि विशेष महाविधेशन आवश्यक रहेको भन्दै मिति घोष-ाा गर्न लागेको बताएका छन् । विशेष महाविधेशनबारे औपचारिक निर्णय भने असोज पहिलो साता हुने केन्द्रीय परिषदो बैठकले गर्नेछ ।

‘सबै कुराको निर्णय केन्द्रीय परिषदो बैठकले निर्णय गर्नेछ’ स्थायी समिति सदस्य अग्नि सापकोटाले भने, ‘अहिले सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ ।’

हालै मात्र भट्टराई पक्षले सप्तरी र चितवनमा समानान्तर समिति गठन गरेको थियो । संस्थापनले पेलेको भन्दै भट्टराई पक्षले दुई दर्जन जिल्लामा समानान्तर समिति बनाएको थियो । भट्टराई पक्षले विराटनगर राष्ट्रिय सम्मेलनको लिएको कार्यदिशा स्पष्ट नभएको, नेतृत्व चयन निश्पक्ष नभएको भन्दै विशेष महाविधेशनको माग गरेको छ । एमाओवादीमा विशेष महाविधेशन गर्नेबारे बिवाद नभए पनि मिति घोषणा हुन ढिलाइ भएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •