सहमति र विमतिसहितको प्रतिवेदन संविधानसभामा पेश गर्ने तयारी

260
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ (ओएनएस) : संविधानसभाको कार्यतालिका अनुसार सहमति गर्न दलहरु असहफल भएपछि अहिलेसम्म भएका सहमति सहितको दस्तावेज संविधानसभामा बुझाइने भएको छ । दलहरुको शनिवारको सहमति अनुसार सहमतिको समय सीमा बढाउने विषयमा संविधानसभामा नै छलफल हुने बताइएको छ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अहिलेसम्म भएका सहमतिको खाका संविधानसभामा पेस गर्ने भएको छ । समितिको सचिवालयले सहमति र असहमतिका विाषयलाई छुट्याएर प्रतिवेदन बनाउने काम सुरु गरेको छ । समितिका सचिव तथा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले आइतवार बिहानैदेखि प्रतिवेदन बनाउने काम सुरु भएको र सम्भव भए आज नभए अर्को दिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने जानकारी दिए ।

संघीयता र शासकीय स्वरुपका विषयमा दलहरुबीच विवाद रहेकाले तोकिएको समयसीमा भित्र सहमति गर्न दलहरु असफल असफल भएपछि सहमति र असहमतिका बुँदा संविधानसभामा पेश गर्ने तयारी भएको हो । एमाओवादी र मधेशी दल कार्यतालिका परिमार्जन गर्नुपर्ने माग गरेपनि कांगेस एमालेलअस्वीकार गरेकाले दलीय सहमतिबाटै कार्यतालिको समय थप्न हुन नसकेको हो ।


  •  
  •  
  •