पतिले गिफ्ट गरेको फेभरेट बिकिनीमा नाच्दै सन्नी लियोनी

399
  •  
  •  
  •  

आफ्नो आगामी चलचित्र ‘एक पहेली लीला’मा सन्नी लियोनी पति डेनियल वेबरले गिफ्ट दिएको बिकिनीमा देखिने भएकी छिन् । सन्नीका पति डेनियलले भ्यालेन्टाइन डेका दिन दिएको पिंख कलरको बिकिनी उनको फेबरेट कलर हो ।

भारतीय सञ्चारमाध्मयहरूका अनुसार निर्देशक बबी खानको चलचित्रमा सनी तीण फरक-फरक अवतारमा देखिने भएकी छिन् । ‘मुम्बई मिरर’का अनुसार चलचित्रको एक गीतका लाउ सनीले आफ्नो पर्सनल कलेक्सनबाट बिकिनी निकालेकी थिइन् । यस्तै खाले बिकिनी सन्नीसवग नाच्ने अन्य नृत्यांगनाका लागि पनि बनाइएको छ ।

निर्देशक बबीले उक्त समाचारको पुष्टी गर्दै भनेका छन्, ‘हामीले सन्नीका लागि एक उत्कृष्ट बिकिनी खोजीरहेका थियौ । हामीले चार वटा बिकिनी पनि बनाएका थियौ तर, कुनै पनि बिकिनी उनलाई सुहाएन । यसपछि सन्नीले आफ्नै बिकिनी लगाउने उपाय निकालिन्, जुन उनका पतिको फेवरेट बिकनी हो ।’


  •  
  •  
  •