निर्वाचनको वातावरण बनाउन भूमिका खेल्न पत्रकारलाई आग्रह

391
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष डा. विष्टले पत्रकार महासंघले निर्वाचनका सवालमा सकारात्मक भूमिका खेलिरहेको बताए । अध्यक्ष विष्टले निर्वाचनको वातावरण बनाउने कार्यमा भूमिका खेल्न सबै पत्रकारलाई आग्रह गरे ।

पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भुमिका खेलेको बताउँदै विष्टले आफनो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार सम्मान लगायतका कार्य भएको बताए ।


  •  
  •  
  •