प्रहरीको गोली लागेर घाइते न्यौपानेको उपचारका क्रममा मृत्यु

471
  •  
  •  
  •  

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को उपचारका क्रममा मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

उपचारको क्रममा मंगलबारराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।


  •  
  •  
  •