धनुषामा दोहोरो झडपले तनाव उत्पन्न

79
  •  
  •  
  •  

काठमाडौं । धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा तनावको अवस्था सृजना भएको छ। जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद सुरु भएको थियो।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा दोहोरो झडप भएको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास समेत प्रहार गरेको जानकारी दिए।


  •  
  •  
  •