चीनले दुई दिनमा दुई हजार शय्याको अस्पताल बनायो

522
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा हजार शय्याको अस्पताल निर्माण गरेको छ

यसअघि ६ दिनमा सम्पन्न गर्ने भनिएको अस्पताल चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो ।
हुबेई प्रान्तको वाङ्जाउ जिल्लामा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ ।

ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो । अस्पतालले काम शुरु गरिसकेको जनाइएको छ । कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि गत शुक्रबार मात्र चीन सरकारले ६ दिनमा हजार शय्याको अस्पताल निर्माण गर्न निर्देशन दिएको थियो ।

शनिबारदेखि जमीन खन्ने कार्य सुरु भएकोमा सोमबारसम्म अस्पताल निर्माण सम्पन्न भएको र पानी, बिजुली तथा इन्टरनेटको पूर्ण व्यवस्था गरिएको जनाइएको छ ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •