इराक र सिरियामा अमेरिकी हमला, दुवै देशले दिए चेतावनी

100
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले इरानी सशस्त्र समूहलक्षित गर्दै इराक र सिरियामा हवाई आक्रमण गरेपछि दुवै मुलुकले कडा प्रतिक्रिया जनाएका छन् ।

अमेरिकाले गत आइतबार जोर्डनमा आफ्ना तीन सैनिक मारिएको जवाफमा इराक र सिरियाका ८५ स्थानमा हवाई आक्रमण गरेको हो ।

इराकले यो आक्रमणलाई आफ्नो सार्वभौमसत्ताको उल्लंघन भन्दै त्यस क्षेत्रको सुरक्षा र स्थिरतामा विनाशकारी परिणाम निम्त्याउने चेतावनी दिएको छ । इराकी विदेश मन्त्रालयले बगदादस्थित अमेरिकी राजदूतलाई बोलाएर कूटनीतिक विरोध पनि जनाएको छ।

सिरियाली विदेश मन्त्रालयले पनि आक्रमणको भर्त्सना गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय शान्ति र स्थिरता जोखिममा पारेको र मध्यपूर्वमा द्वन्द्व भड्काएको आरोप लगाएको छ । जोर्डनस्थित सैन्य शिविरमा भएको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कुड्स फोर्स र सम्बद्ध लडाकू समूह संलग्न रहेको अमेरिकाको आरोप छ । त्यसको जवाफमा इराक र सिरियास्थित ती समूहका केन्द्रमा अमेरिकाले आक्रमण थालेको हो ।

हमलामा सर्वसाधारणसहित १६ जनाको मृत्यु भएको र २५ जना घाइते भएको दाबी इराकी सरकारले गरेको छ । इराकस्थित इस्लामिक रेजिस्टेन्सले पनि जोर्डनको ड्रोन आक्रमणको जिम्मा लिएको छ । यो समूह इजरायल-हमास युद्ध सुरु भएपछि सार्वजनिक भएको हो ।


  •  
  •  
  •