‘जीका भाइरस’ को जोखिममा भारत

785
  •  
  •  
  •  

zika_virusकाठमाडौं, १८ भदौ (एजेन्सी) : भारत, पाकिस्तान र नाइजीरिया जस्ता मुलुकमा ‘जीका  भाइरस’ भाइरस’ को खतरा रहेको बैज्ञानिकहरुले चेतावनी दिएका छन् । पहिलेदेखि नै रोग प्रतिरोधात्क क्षमता भएका स्थानमा भाइरसको खतरा पनि रहेको बीबीसीले जनाएको छ ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन, अक्सफोर्ड विश्वविद्यालय र यूनिभर्सिटी अफ टरन्टोका वैज्ञानिक सम्मिलित एक टोलीले जिका भाइरस सम्बन्धि गरेको अनुसन्धानले भनेको छ ‘एक ठूलो जनसंख्या यस्तो वातावरणमा रहन्छ कि संक्रमण पत्ता लगाउन, भाइरसको रोकथाम रऔषधि गराउनु मुश्किल काम हुनेछ ।’

वैज्ञानिकहरुले उक्त जनसंख्या हवाई यात्रा गर्नेहरुको आधारमा तयार पारेका हुन् ।

शोधकर्ताका अनुसार ‘फिलीपीन्स, भेतनाम, पाकिस्तान र बांग्लादेश  ‘जीका  भाइरस’ को संक्रमणका लागि अतिसंवेदनशील देश हुन् ।’ र, ती देशहरुको स्वास्थ्य सेवा समेत सीमित रहेको अनुसन्धानले देखाएको बीबीसीले उल्लेख गरेको छ ।

सेन्ट माइकल अस्पताल, का डा. कामरान खानले लेखेका छन् ‘‘जीका  भाइरस’ को प्रभाव यो कुरामा पनि निर्भर रहन्छ, कि उक्त देशको बीरामी जाँच कति चाँडो पाउछन् ।’ करिव ६५ देश जीकाको संक्रमणको जोखिममा रहेको उनले बताएका छन् ।

गर्मीयाममा जीका भाइरस फैलने खतरा बढी रहने ‘जीका  भाइरस’ का विशेषज्ञहरुले बताएका छन् ।
लन्डन स्कूल आफ हाइजीन एंड ट्रपिकल मेडिसिनमा ‘जीका  भाइरस’ को अनुसन्धान गरिरहेका डा. अलिवर ब्रैडी भन्छन् ‘भारत, इन्डोनेशिया र नाइजेरिया जस्ता देश ‘जीका  भाइरस’ को खतराको मुहानसम्म छन्, किनकि ती देशमा प्रत्येक महिना ५ हजार व्यक्ति ‘जीका  भाइरस’  प्रभावित क्षेत्रबाट आउछन् ।’
जीका लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । तर शोधकर्ताका अनुसार धेरैलाई जीका भाईरसको बारेमा जानकारी छैन । कसरी फैलन्छ भन्ने पनि जानकारी छैन ।


  •  
  •  
  •