बेलायतमा राजकुमारले सम्हाले शाही जिम्मेवारी

72
  •  
  •  
  •  

एजेन्सी । बेलायतका राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन्। बेलायतका राजा चार्ल्स तृतीय बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन्।

राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएका बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ। उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन्। यो अवस्थामा राजा चार्ल्सले राजकुमार विलियमलाई शाही जिम्मेवारी दिएका हुन्। ४१ वर्षीय राजकुमार विलियम राजा चार्ल्सका जेठा छोरा हुन्।


  •  
  •  
  •