युएईका जेलमा २ सय ७ जना नेपाली

578
  •  
  •  
  •  

काठमाडौं, ५ पुस(ओएनएस) : वैदेशिक रोजगारको मुख्य गन्तव्यको रुपमा रहेको युएईका जेलमा २ सय ७ जना नेपाली रहेको पाइएको छ ।

त्यहाँस्थित नेपाली दूतावासले जेल भ्रमण गरी तयार पारेको प्रतिवेदनमा १ सय ९९ जना पुरुष र ८ जना महिला जेलमा रहेको बताइएको छ ।

युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका ८ वटा जेलमा पुगेर दूतावासका प्रतिनिधीले नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गरेको थियो ।

टोलीले स्थानीय प्रशासनका अधिकारीहरुसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा नेपाली कामदारलाई परेको मुद्दा र त्यस विषयमा गर्न सकिने समन्वयका लागि दूतावासले चासो देखाएको थियो ।

यहाँ रहेका सम्पूर्ण जेलमा दूतावासका प्रतिनिधी पुगेको यो पाचौं पटक हो । दूतावासले वर्षको दुई पटक सबै जेलमा पुगेर त्यहाँ रहेका नेपालीको अवस्था बुझ्ने योजना बनाएको छ ।

जेल भ्रमणपछि तयार पारिएको प्रतिवेदन सरकारलाई पठाउने कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले बताए ।


  •  
  •  
  •