सरकारले कार्यकर्तालाई पैसा बाँड्न राष्ट्रको ढुकुटी रित्यायो : देउवा

442
  •  
  •  
  •  

sher bahadur deubaपोखरा, २३ जेठ(ओएनएस) : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले कार्यकर्ता पोस्नका लागि सरकारले मनलाग्दी तरिकाले बजेट वितरण गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस कास्कीले आइतबार गरेको स्वागत कार्यक्रममा सभापति देउवाले कांग्रेस सरकार हुँदा जम्मा पारेको पैसा अहिलेको सरकारले जथाभावी बाड्न लागेको आरोप लगाएका हुन् ।

एमाले नेतृत्वको सरकारले कार्यकर्तालाई पैसा बाड्नकालागि राष्ट्रिय ढुकुटी रित्याएको भन्दै उनले कांग्रेसले जम्मा पारेकोले नै एमाले नेतृत्वको सरकारले अहिले बाड्न पाएको बताए । उनले अहिलेको सरकारले पैसा जुटाउन नसक्ने तर जथाभावी बाड्न सक्ने बताए ।

उनले सरकारले स्थानीय निर्वाचन गर्न नचाहेको भन्दै यसको दोष कांग्रेसलाई लगाउन खोजेको आरोप लगाए । उनले स्थानीय निकायको निर्वाचन आवश्यक रहेको र फागुनपछि मात्र गर्न सकिने भएपनि सरकारले मंसीरभित्रै गर्ने भनेर जनतालाई झुक्याउने काम गरेको बताए ।

उनले पुनःसंरचना आयोगले फागुनमा मात्र प्रतिवेदन आउने भएकाले मंसीरमा निर्वाचन सम्भव नभएको बताएका छन् ।


  •  
  •  
  •