सभाध्यक्ष नेम्वाङले मागे मस्यौदा तयार गर्ने अधिकार

289
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं, १७ पुस (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति नगर्ने भए संविधानको मस्यौदा तयार गर्ने अधिकार दिन दलहरुलाई आग्रह गरेका छन् ।

संविधान जारी गर्ने तोकिएको अन्तिम मिति नजिकिदै गर्दा अन्योलमा परेको संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन बसेको कार्यव्यवस्था समितिको बैठकमा नेम्वाङले छिटो सहमति गर्न दलका नेताहरुलाई आग्रह गरेका छन् ।

संविधानसभा भवनमा बसेको बैठकमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको बिषयमा देखिएको विवाद अन्त्य छिटो नगरे मस्यौदा बनाउने अधिकार आफुलाई दिनको लागि दलहरुलाई दबाब दिएका छन् ।

नेम्वाङले संविधानका विवादित विषयमा सहमति पनि नहुने र प्रक्रियामा जान पनि नसक्ने अवस्थाले मुलुक अनिर्णयको बन्दी भएको भन्दै नेताहरुलाई छिटो सहमतिका लागि दवाब दिएका छन् ।

उनले सहमति गर्ने भए तत्काल गर्न नभए प्रक्रियाका लागि दलहरु सहमत हुनुपर्ने धारणा राखेको जनाइएको छ । यसअघि बुधबारको लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापा अनुपस्थित भएपछि बिहिबारको लागि बैठक सारिएको हो । बिहिबारको बैठकमा सबै दलका शीर्ष नेताहरुको उपस्थिति छ ।

साशकीय स्वरुव, राज्यको पुनर्संरचना, न्याय र निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण बिषयमा दलहरुबीच विवाद बढ्दा संविधान माघ ८ मा आउने संभावना क्षीण बन्दै गएको छ । नेपाली कांग्रेस र नेकपा एमाले सकारात्मक भएपनि एमाओवादीले अस्वकिार गरेको छ ।


  •  
  •  
  •