सेप ब्लाटर पाँचौ पटक फीफाको अध्यक्षमा निर्वाचित

389
  •  
  •  
  •  

sep-blatterकाठमाडौ, १६ जेठ(एजेन्सी) : सेप ब्लाटर फुटबलको अन्तराष्ट्रिय संस्ता फिफाको अध्यक्षमा पुनःनिर्वाचित भएका छन् । शुक्रबार अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनी पाँचौ पटक अध्यक्ष चुनिएका हुन् ।

अध्यक्ष पदको प्रतिष्पर्धामा जोर्डनका राजकुमार अली बिन अल-हुसेन पनि प्रतिष्पर्धी रहेका थिए । पहिलो राउण्डमा भएको भोटिङको कुनै नतिजा ननिस्किएपछि राजकुमार हुसेनले आफ्नो नाम फिर्ता लिएका थिए ।

निर्वाचन जित्नका लागि कुल भोटको दुई तिहाई भोट अर्थात् १ सय ४० भोट पाउनु जरूरी हुन्छ, जसमा सेट ब्लाटर मात्र ७ भोटले पछि परेका थिए ।

निर्वाचन जितेपछि सेप ब्लाटेले भने, ‘फिफासँग जोडिएका जुन विवाद भइरहेको छ, मलाई यसका लागि जिम्मेवार ठहर्याइएको छ । मलाई यसको कुनै वास्ता छैन् । म हरेक चीजको जिम्मेदारी लिनका लागि तयार छु ।’

उनले थपे, ‘मलाई विश्वास छ की जब मेरो कार्यकाल सकिन्छ तब म आफ्नो उत्तराधिकारीलाई एक मजबुत संस्था दिएर जानेछु ।’

राजकुमार हुसेनले भने, ‘आज जुन फैसला आएको छ त्यसले परिवर्तनको पहिलो कदम हो । फीफामा छाएको अन्धकारलाई हटाउनका लागि नयाँ ज्योति प्राप्त भएको छ ।’


  •  
  •  
  •