प्रेसविरोधी विधेयक फिर्ता लिन माग

304
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ(ओएनएस) : सरकारले ल्याएको स्वतन्त्र प्रेसविरोधी विधेयक फिर्ता लिन प्रमुख सञ्चार माध्यमका २१ सम्पादकहरुले माग गरेका छन् ।

२१ सम्पादकहरुले जारी गरेको प्रेस वक्तव्यमा सरोकारवालाहरुसँग कुनै छलफल नगरी प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रविरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्वोधन गर्न माग गरिएको छ ।

नेपालका पत्रकारहरु जनताको लोकतान्त्रिक अधिकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षा तथा सम्वद्र्धनका लागि नेपालका पत्रकार दशकौंदेखि क्रियाशील रहेको स्मरण गराउँदै वक्तव्यमा भनिएको छ,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेको प्रेसको अधिकार रक्षा गर्न हामी सम्पादकहरु प्रतिवद्ध छौं । सरकारले संसदमा अहिले पेश गरेको प्रेससम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत छ । संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

विज्ञप्तिमा पत्रकारिता क्षेत्रका कतिपय असंगत र असंयमित अभ्यासप्रति आफूूहरु सचेत रहेको उल्लेख गर्दै त्यस्ता समस्या सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे पनि उत्तिकै प्रष्ट भएको बताइएको छ ।

हेर्नुहोस विज्ञप्ति


  •  
  •  
  •