पर्यटन बोर्डको सीईओ छनोट कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश

65
  •  
  •  
  •  

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बोर्डको कार्यकारी छनोट समिति र प्रक्रियामाथि प्रश्न उठाउँदै उच्च अदालतमा रिट परेको थियो ।

पर्यटन बोर्डका कार्यकारी समितिका सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी रहेको रिट निवेदकहरुको दाबी थियो । उनीहरुसमेत संलग्न रहेको कार्यकारी प्रमुख छनौट सम्बन्धी उपसमिति समेत अवैधानिक रहेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनले आगामी वैशाख १७ गते अन्तरिम आदेशको लागि छलफलमा बोलाएको छ । उक्त छलफलबाट निर्णय नभएसम्म विपक्षीहरु मिलन देवकोटा र मदन कुमार आचार्यसमेत रहेको कार्यकारी प्रमुख छनौट सम्बन्धी उपसमितिबाट उल्लेखित कार्यविधिका आधारमा वोर्डको कार्यकारी प्रमुख छनौट सम्बन्धी कुनै काम नगर्नु नगराउन आदेशमा भनिएको छ ।


  •  
  •  
  •