१६ थान मूर्ति चोरीको आरोपमा पक्राउ

302
  •  
  •  
  •  


काठमाडौं । प्रहरीले १६ थान मूर्ति चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको आरोपमा काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई ललितपुर मंगलबजार बस्ने ४८ वर्षीय राजकुमार सुनारलाई पक्राउ गरेको हो। सुनारलाई चैत २२ गते बालकुमारीबाट पक्राउ गरिएको परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए। चैत १३ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका–१६ धौगलबजारस्थित माइकल शाक्यले सञ्चालन गरेको मूर्ति बनाउने उद्योगबाट विभिन्न आकृतिका १६ थान मूर्ति चोरी भएको थियो ।
पक्राउ परेका सुनारविरुद्ध जिल्ला अदालत ललिपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी महर्जनले बताए ।


  •  
  •  
  •