जिम्मेवारी मुक्त गरेको भोलिपल्टै नेता लोहनी पक्राउ

354
  •  
  •  
  •  

चितवन । नेत्रविक्रम चन्द समूहका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनीलाई पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय चितवनले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लोहनी विप्लव समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको प्रहरीले बताएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

 


  •  
  •  
  •