चाैथाे पटक मन्त्रिपरिषद् विस्तार

569
  •  
  •  
  •  

new minister
तस्विर: प्रधानमन्त्रि प्रचण्डकाे ट्वीटरबाट

काठमाडौं १० भदौ: कांग्रेसका १३ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिए सँगै चाैथाे पटक मन्त्रिपरिषद् विस्तार भएकाे छ ।  राष्ट्रपतिकाे कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्या भण्डारीले  पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

नयाँ सरकारमा १३ मन्त्रिहरु थपिएसँगै  कांग्रेसले २३ दिन पछि मन्त्रिहरुकाे टुँगाे लगाएकाे छ । सरकारमा अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रम छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् ।

त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट गगन थापा स्वास्थ्यमन्त्री बन्नेका छन् भने खुमबहादुर खडका समूहबाट शंकर भण्डारीले वन मन्त्रालय पाएका छन् ।  यसअघि देउवा पक्षबाट विमलेन्द्र निधि उपप्रधान र रमेश लेखक मन्त्री भइसकेका छन् ।

 

 


  •  
  •  
  •