पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

408
  •  
  •  
  •  

 mao-centre-
काठमाडौं, ५ असोज (ओएनएस): पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

ठोरीको अध्यक्षमा पीएल श्रेष्ठ २,७५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले २,३४६ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा माओवादीकै शान्ति थिङले २,४३५ मत प्राप्त गरी निर्वाचित भइन् भने एमालेकी गोकुलकुमारी रेग्मीले २,२९६ मत प्राप्त गरिन् ।


  •  
  •  
  •