ताज जित्न नसके पनि सबैको माया जितेर आए : श्रृंखला खतिवडा

1878
  •  
  •  
  •  

काठमाडौं, २७ मंसिर(ओएनएस) : चीनको सान्यामा भएको ‘मिस वर्ल्ड प्रतियोगिता २०१८’ मा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा बिहीबार स्वदेश फर्कीएकी छिन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् ।
प्रमुख उद्देश्य नेपाललाई चिनाउनु रहेको भन्दै श्रृंखलले त्यसमा केही हदसम्म सफल भएँ जस्तो लागेको बताइन् ।
ब्यूटी विथ द प्रपोज अवार्डप्रति शुरुदेखि झुकाव भएको भन्दै यो अवार्ड जित्दा मिस वल्र्ड नै जितेको अनुभव भएको बताइन् ।

यस पटक मिस वल्र्डको फम्र्याट परिवर्तनको कारणले पनि आफूलाई असर परेको उनको भनाइ छ ।
उनले भनिन्, ‘एसियाबाट प्रतिस्पर्धा कडा थियो, त्यसैले मलाई असर प¥यो ।’ आफू टप १२ बाट आउट भएपछि अन्य प्रतियोगीहरुसमेत स्तब्ध बनेको उनले बताइन् ।

विश्वका एक सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको मिस वल्र्डमा श्रृंखला मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन् । टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी थिइन् ।


  •  
  •  
  •