मिसाइल आक्रमणमा कम्तीमा ८० सैनिकको मृत्यु

1045
  •  
  •  
  •  

एजेन्सी । यमनमा एक आर्मी प्रशिक्षण शिविरमा मिसाइल आक्रमण भएका छ । आक्रमणमा कम्तीमा ८० सैनिकको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि भएका छन् ।

सैनिक स्रोतले समाचार एजेन्सी रोयटर्ससँग भन्यो, ‘राजधानी सनादेखि झण्डै १७० किलोमिटर टाढा एक मस्जिदलाई निसाना बनाइयो, जुन समय मानिसहरु नमाज पढ्नका लागि पुगेका थिए ।’

यमनको सरकारले यो आक्रमणमा हुथी विद्रोहीलाई जिम्मेवार ठहराएको छ । तर कुनै पनि सङ्गठनले यो आक्रमणको जिम्मा लिएका छैनन् ।

अधिकारीहरुले आक्रमणमा मृतकको सङ्ख्या अझै बढ्ने सक्ने बताएका छन् ।


  •  
  •  
  •