देशभरको मौसम सामान्य बदली रहने(मौसम पूर्वानुमानसहित)

505
  •  
  •  
  •  

काठमाडौं । आज देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आजराति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु ,पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव  रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली  रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  हल्का बर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ २९ गते (बिहीबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  वर्षाको  संभावना रहेको छ।

जेठ ३० गते (शुक्रबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  संभावना रहेकोछ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •