मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्रीद्वारा राजीनामा

60
  •  
  •  
  •  

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरेको छ । लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेश प्रदेश सभामा लोसपाका ९ सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका १–१ र स्वतन्त्र सांसद १ छन् । मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक रहेको छ ।


  •  
  •  
  •