एन्फाका उपाध्यक्ष लामा पक्राउ

58
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

लागुऔषध मुद्दामा लामा अदालतबाट दोषी ठहर भई फरार रहेकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

लागुऔषध मुद्दामा लामालाई पाँच वर्ष कैद सजाय भएको छ। बुधबार सार्वजनिक बिदा भएकाले उनलाई बिहीबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।


  •  
  •  
  •