युभेन्टसलाई कोपा इटालिया, बार्यनलाई जर्मन कप र पिएसजीलाई कोपा डेको उपाधी

383
  •  
  •  
  •  

juventus won coppa italia titleकाठमाडौँ, ९ जेठ(ओएनएस) : युभेन्टसले कोपा इटालियाको उपाधी जितेको छ । एसी मिलानलाई पराजित गर्दै युभेन्टस लगातार दोस्रो वर्ष घरेलु प्रमुख दुई उपाधि हासिल गर्ने पहिलो इटालियन क्बल बनेको छ ।

गयराति सम्पन्न खेलमा युभेन्टसले एसी मिलानलाई १-० गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा मोराटाले गोल गर्दै युभेन्टसलाई जित दिलाएका थिए ।

bayern munich with german cupयस्तै, गयराती सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन कपको उपाधि जितेको छ । बार्यन म्युनिखले बोरूसिया डर्टमुन्डलाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै जर्मन कपको उपाधी जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

बार्यन म्युनिखका रोबर्ट लेभान्डोस्कीको प्रहार डर्टमुन्डका गोलकिपरले असफल पारे । पेनाल्टीमा डुल्गास कोस्टाले विजयी गोल गरे । डर्टमुन्ड दोस्रो र तेस्रो पेनाल्टी प्रहारमा चुकेको थियो । बार्यनका गोलकिपर नुयरले बेन्डरको पेनाल्टी रोकेका थिए भने सोक्राटिसले मिस गरे ।

PSG won French Cupयसैगरी, पेरिस सेन्ट जर्मन(पिएसजी)ले कोपा डे फ्रान्सको उपाधि जितेको छ । शनिबार राति सम्पन्न अन्तिम खेलमा पिएसजीले मार्सेलीलाई ४-२ गोलअन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो । क्लबका लागि अन्तिम खेल खेलिरहेका जाल्टन

इब्राहिमोभिचले दुई गोल गर्दै टोलीलाई जिततर्फ उन्मुख गराएका थिए । उनले खेलको ४७ औँ र ८२ औँ मिनेटमा गोल गरेका थिए ।
यो उपाधिसँगै पीएसजीले लगातार दोस्रो वर्ष लिग वानसहित घरेलु तीन वटै उपाधि जितेको छ ।

१५६ गोलका साथ पीएसजीको टप स्कोरर बनेका ३४ वर्षे इब्राहिमोभिचको पीएसजीमा यो अन्तिम खेल हो । अर्को सिजन उनी पि्रमियर लिग आउने सम्भावना छ ।


  •  
  •  
  •