खाना नपाएर बिरामी परे राज्यले क्षतिपुर्ति दिने !

355
  •  
  •  
  •  

काठमाडौं ९ कात्तिक (ओएनएस): खाना नपाएका कारण कसैलाई रोग लाग्यो, कुपोषण भयो अथवा विरामी परे भने मात्रै पनि अब क्षति पूर्ति पाइने व्यवस्था हुँदैछ । क्षतिपूर्ति सहितको व्यवस्था हुने गरी सरकाले खाद्य अधिकार विधेयक ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयको मातहतमा छुट्टै वोर्ड रहनेगरी बन्न लागेको विधेयकमा खान नपाएका कारण कोही विरामी परेको पुष्टि भए त्यसको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्न लागेको अधिकारीहरुले बताएका छन् ।

कानुन तथा न्यायाय र कृषि विकास मन्त्रालयको समुन्वयमा सरोकारवालाहरुले नै विधेयकको मस्यौदा तयार गरेका हुन् । नेपालको अन्तरिम संविधानमा खाद्य अधिकारलाई मौलिक हक मानेपनि अहिलेसम्म त्यस सम्बन्धि ऐन बन्न सकेको छैन । नागरिकको कानुनसम्बन्धि काम गर्ने सँस्था जुरी नेपाल र खाद्य अधिकारका विषयमा काम गर्ने फियान नेपालले विधेयकको मस्यौदा तयार गरेर सरकारी अधिकारीलाई बुझाएका छन् ।

राज्यपुनर्संचना आयोगका पूर्व सदस्य तथा फियान नेपालका अध्यक्ष सर्वराज खड्काले विधेयकले अन्तिम रुप पाइनसकेको तर सरकारी अधिकारी तथा सभासदकाबिचमा छलफल भइसकेको जानकारी दिए । उनले सरकारी विधेयकका रुपमा संसदमा लैजान अहिले छलफल भइरहेको जानकारी दिए । नेपालमा २३ लाख भन्दा बढी नागरिक भोकमरीमा रहेको तथ्याङ्क छ ।

a


  •  
  •  
  •