इंग्ल्याण्डको जितमा केन बने नायक

429
  •  
  •  
  •  

काठमाडौं, ५ असार (ओएनएस) : रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार रातिको खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ। इंग्ल्याण्डले ट्युनिसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन् । ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो । पेनाल्टीलाई फेरजानी सास्सीले गोलमा परिणत गरे । पहिलो हाफ १–१ को बराबरीमा रह्यो ।

इंग्ल्याण्डले १२ वर्षपछि महत्वपूर्ण फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इग्ल्याण्डले पाराग्वेलाई हराएको थियो ।

विश्वकपमा अफ्रिकी देशसँग भएका ७ खेलमध्ये इङ्गल्याण्डले चारमा जित र तीनमा बराबरी गरेको छ।


  •  
  •  
  •