का‌ंग्रेस महोत्तरीले उम्मेदवार टुंग्यायाे

551
  •  
  •  
  •  

गौशाला, १ असार : नेपाली का‌ंगेसले महोत्तरीका १५ वटै स्थानीय तहमा  उम्मेदवारकाे टुंगाे लगाएको छ।

कांग्रेसलेले  ३ नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तहमा टुंगाे लगाएकाे हाे।

जलेश्वर नगरपालिकाको मेयरमा अशोक साह र उपमेयरमा अनिता शर्मा उम्मेदवार बनेका हुन्। त्यस्तै बर्दिबास नगरपालिकाको मेयरमा प्रल्हाद क्षेत्री र उपमेयरमा तारा महतो उम्मेदवार रहेका छन्। गौशाला नगरपालिकाको मेयरमा मनु अधिकारी र उपमेयरमा सुशीला महतो रहेका छन् ।

कांग्रेसले मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा खातुन, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामवती देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा विनिता देवी तिवारी, बलवा गाउँपालिकाको अध्यक्षमा विनोद यादव र उपाध्यक्षमा रामदुलारी ठाकुर, भंगहा गाउँपालिकाको अध्यक्षमा ओम यादव र उपाध्यक्षमा सकुन्तलादेवी थारुलार्इ उम्मेदवार बनाएकाे छ।

त्यस्तै, रामगोपालपुर गाउँपालिकाको अध्यक्षमा राजाराम यादव, सोनमा गाउँपालिकाको अध्यक्षमा नवल यादव, मनरा गाउँपालिकाको अध्यक्षमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको अध्यक्षमा शैलेन्द्र यादवको नाम छनौट गरिएको छ।


  •  
  •  
  •