कोपा अमेरिका फुटबलमा ब्राजिल क्वाटरफाइनलमा

1120
  •  
  •  
  •  

काठमाडौं । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा पुगेका छ ।
आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।

ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरेका थिए ।
समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो ।

१२ औं मिनेटमा कासीमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।  खेलको १९ औं मिनेटमा ब्राजिलले दोब्बर अग्रता बनाएको थियो ।

३२ औं मिनेटमा डानीले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ३–० गोलले अघि भएको थियो । पहिलो हाफमै फराकिलो गोलअन्तर बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ब्राजिलका लागि ५३ औं मिनेटमा अल्भेसले र ९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० गोलको जित दिलाए ।

त्यस्तै, यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।


  •  
  •  
  •