कांग्रेस नेता खरेल र बादेलार्ई गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान

542
  •  
  •  
  •  

काठमाडौं । गणेशमान सिंह फाउण्डेसनले नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलार्ई गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।

गणेशमान सिह फाउण्डेसनका अध्यक्ष, नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले नेताद्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गरेका हुन् ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गरेका र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मुल्यांकनसहित सम्मान गरिएको सिंहले जानकारी दिए । नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिस्ठानले उनीहरु लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाडौं, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अंग्रजहरुलाई उनीहरुको योगदानको सम्मान स्वरुप सम्मान गरिदै जाने फाउण्डेसनले जनाएको छ । लकडाउनको कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भौतिक दुरि कायम गर्दै उनीहरुको निवासमै पुगेर सम्मान गरिएको हो ।


  •  
  •  
  •