आङ सान सू चीको नेपाल भ्रमण तयारी

585
  •  
  •  
  •  

काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी शुरु गरेको छ ।
राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष(२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले भ्रमणको तयारी गरेको हो ।

फाइल तस्बिर

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना राष्ट्रपतिसमक्ष व्यक्त गरेकाले सरकारले त्यस भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको बताए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे ।
राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टीकरण थियो ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए । ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको बताए।

राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र साँस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सम्झौता भएको थियो।


  •  
  •  
  •