अध्यक्षका लागि आज एन्फामा चुनाव, श्रेष्ठ र शेर्पाबीच प्रतिस्पर्धा

484
  •  
  •  
  •  

anfa-300x300काठमाडौं, ८ कार्तिक (ओएनएस) : नेपाली फुटबलमा लामो समयपछि परिवर्तन हुने भएको छ । २ दशकपछि फुटबलमा नेतृत्व परिवर्तन हुन लागेका हो । तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्टाचारको अभियोगमा १० बर्षको प्रतिबन्धमा परेपछि एन्फाले नयाँ नेतृत्व छान्न लागेको हो । नयाँ नेतृत्वका लागि कार्यवहाक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । साथै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणि कुँवरले आफ्नै चुनौती पेश गर्नेछन ।

नेपाली फुटबलमा २ दशकबढी राज गरेका गणेश थापा औपचारिक रुपमा फुटबल गतिविधिबाट बाहिरिएपनि फुटबलको प्रशासनिक निकाय एन्फा उनको प्रभावबाट बाहिर आउन सकेको छैन ।

जिल्ला संघका ४५, ए डिभिजन क्लवको १२ बी को ५ र सी को ३ रेफ्रि खेलाडी प्रशिक्षक र महिला कमिटिको १–१ गरी ६९ मत रहेपनि कुमारी क्लव कारबाहीमा परेको र प्रतिनिधि विवादका कारण झापा जिल्लाको सहभागिता नरहने भएपछि  चुनावमा ६७ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।


  •  
  •  
  •