महोत्तरीमा आगलागीबाट १ सय ५० वटाभन्दा बढी घरगोठ जले

39
  •  
  •  
  •  

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

बुधबार दिउँसो १२ बजेदेखि शुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की गरी एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका हाे । आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएका छन् ।

अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् ।


  •  
  •  
  •