पहिलो पटक गाँउमा सडक पुग्दा स्थानीय हर्षित

235
  •  
  •  
  •  

बैतडी, ३० कात्तिक(ओएनएस) : बैतडीको बासुलिंगमा पहिलोपटक सडक सडक पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

पहिलो पटक गाउँमा सडक पुगेपछि सडक कार्यालयका कर्मचारीलाई फूलमालाले स्वागत गरेको स्थानीय तर्कराज भट्टले बताए । उनले भने, ‘गाउँमा सडक पुग्दा खुसी भएर सडक खन्ने मेसिन डोजरका अपरेटर मनिष कुवर र डिभिजन सडक कार्यालयका कर्मचारी डम्मर धामीलाई फूलमालाले स्वागत गरेका हौं ।’ 

सतबाँझ वासुलिंग श्रीभावर सडकखण्ड अन्तरगत वासुलिंगको तडीगाउँ सम्म जीप चल्ने ट्रयाक खोलिएको छ । रोयल निर्माण सेवा बैतडी मार्फत सडक निर्माण कार्य जारी रहेको छ । अहिले सम्म सो सडकको ९ किलोमिटर सम्म गाडी जान सक्ने भएको निर्माण कम्पनीले जनाएको छ ।


  •  
  •  
  •