कलैया तनावग्रस्त, ७ महिला घाइते

5050
  •  
  •  
  •  

बारा, २८ फागुन (ओएनएस) : बाराको कलैयामा बलात्कारीलाई कारबाहीको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारी र प्रहरीबीच कैलयामा झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।

जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढिरहेका हातमा कुचो लिएका महिला प्रदर्शनकारी प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले प्रदर्शनकारी महिलालाई रोक्ने क्रममा लाठी चार्ज समेत गरेको छ । लाठी चार्ज गर्दा ७ महिला सामान्य घाइते भएका छन् ।

बारा प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथी कुचो र ढुंगा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरिएको हो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले जिल्ला प्रसाशन, कांग्रेस पार्टी कार्यालय र भरत चोकमा थप प्रहरी खटाएको छ ।

झडपपछि आक्रोशित बनेका प्रदर्शनकारीले सडकमा टायर बालेका छन् । उनीहरुले ६ बर्षिया बालिका पूजा साहलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कन्हाइ गुप्तालाई सार्वजनिक गर्दै स्थानियलाई सुम्पन माग गरेका छन् ।

बलात्कारपछि गत २४ गते मृत्यु भएकी पूजाको शवसहित बेटी बचाउ संघर्ष समितिले शवसहितको प्रदर्शन जारी राखेको छ । उनीहरुले बलात्कारीलाई फाँसीको साजय दिने कानूनी प्राधान नभएसम्म शव नउठाउने अडान राखेका छन् ।


  •  
  •  
  •