राप्रपाको विधान मस्यौदा प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन

725
  •  
  •  
  •  

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को विधान मस्यौदा प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले निरञ्‍जन थापाको संयोजकत्वमा भक्ति सिटौला, श्याम शाही, राजु बस्‍नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले सदस्य रहेको समिति गठन गरेको हो ।

यस्तै बैठकले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक असोज ११ गते अपरान्ह २ बजे केन्द्रीय कार्यालय चाबहिलमा बस्ने तय गरेको छ ।


  •  
  •  
  •