मंगलबार कहाँ कहाँ थपिए कोरोना संक्रमित ?

441
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप ५ सय ३८ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

नयाँ संक्रमितमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, सप्तरीका २ जना पुरुष, सुनसरीका २ जना महिला र एकजना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना पुरुष तेह्रथुमका २ जना पुरुष, झापाका ८ जना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना पुरुष र मोरङका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक जना महिला र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ पुरुष र सप्तरीका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना महिला , अर्घाखाँचीका २ जना पुरुष, बाग्लुङका एक महिला र ५ पुरुष, बझाङका ३ जना महिला र १६ जना पुरुष, बाजुराका ११ जना महिला र ९ जना पुरुष, डडेल्धुराका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी धादिङका एकजना महिला र १७ जना पुरुष, गोरखाका ६ जना महिला र ७ जना पुरुष, गुल्मीका एकजना महिला र २ जना पुरुष, कैलालीका एकजना महिला र १५ जना पुरुष, कञ्चनपुरका २ महिला र ७ जना पुरुष, कास्कीका ४ महिला र ३ जना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, पर्वतका ४ जना महिला र १७ जना पुरुष, प्युठानका ५ जना पुरुष, रौतहटका एकजना महिला र १२ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीका एकजना पुरुष, सर्लाहीका २ जना पुरुष, सिराहाका एकजना महिला र ६ जना पुरुष र स्याङ्जाका २ महिला र ७ जना पुरुष, र तनहुका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा धनुषाका ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ महिला र ३ जना पुरुष, स्याङ्जाका एक महिला र ५ जना पुरुष, बाग्लुङका ८ जना पुरुष, गोरखाका २ महिला र ९ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, नवलपरासी पुर्वका एकजना पुरुष, तनहुँका ७ जना पुरुष, स्याङ्जाका एकजना महिला र ६ जना पुरुष र पर्वतका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीषणमा गुल्मीका २ जना पुरुष पाल्पाका ४ जना महिला र ४४ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युठानका एकजना महिला र ४४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका ४ जना पुरुष, सुर्खेतका ८ जना महिला र १५ जना पुरुष, दैलेखका एक महिला र २ जना पुरुष र हुम्लाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एकजना पुरुष, दैलेखका एकजना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका २ जना महिला र ३ जना पुरुष, बझाङका २ महिला र एकजना पुरुष डडेल्धुराका एक महिला र २ जना पुरुष, कैलालीका ६ जना महिला र १६ जना पुरुष र कञ्चनपुरका ३ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 


  •  
  •  
  •