भारतमा नयाँ नियम छोराछोरीलाई ड्राइभिङ गर्न दिए जेल

एक महिनाको अवधीका ३५ जना जेल चलान
544
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन : भारतमा बढी दुर्घटना हुने ठाउँमा त्यहाको ट्राफिक प्रहरीले नयाँ नियम लगाएको छ। ट्राफिक प्रहरीका अनुसार उमेर नपुगेका छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावक जेल जानुपर्ने छ।

१३ देखि १९ वर्ष र त्यो भन्दा कम उमेरका छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावक जेल बस्नुपर्ने भएको छ।

भारतको हैदरावाद शहरमा कम उमेर भएका छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावकहरुलाई प्रहरीले शुक्रबार जेल चलान गरेको बीबीसीले जनाएको छ । उनीहरुलाई एक दिनको जेल चलान गरिएको बीबीसीले जनाएको छ ।

गएको १ महिना अघि पनि हैजरावादमा ३५ जना अभिभावकलाई कम उमेरका छोराछोरीलाई ड्राइभिङ गर्न दिएको भन्दै प्रहरीले जेल चलान गरेको थियो ।

अभिभावकहरुले नियमबारे जानकार नहुँदा आफूहरु जेल बस्नुपरेको बताएका छन् । प्रहरीका अनुसार दुर्घटना रोक्न कम उमेरमा ड्राइभिङमा प्रतिबन्ध गरिएको छ । भारतमा १ लाख ५० हजार मानिस सन् २०१६ मा ज्यान गुमाएका थिए।विज्ञहरुले भारतमा कमसल प्रकारको सडक बनाएका कारण दुर्घटना बढेको बताउने गरेका छन् ।


  •  
  •  
  •