पर्सामा एक करोड रुपैयाँसहित एक जना पक्राउ, अन्यकाे खाेजी हुँदै

606
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) : पर्सामा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

प्रहरीले केशरीसहितसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले बताए।

उनका अनुसार बरामद गरिएकाे पैसामा अन्यकाे पनि संलग्नता हुन सक्ने भएकाेले प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेकाे छ। बरामद गरिएको रकम हुण्डीकाराेबारीको भएको प्रहरी आशंका छ ।

‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं।’


  •  
  •  
  •