यी १० खानेकुराले बनाउँछ मुड फ्रेश

1270
  •  
  •  
  •  

१२ असार : मानिसको मुड फ्रेश बनाउने र सधै खुशी राख्ने हार्मोनको नाम हो सेरेटोनिन हार्मोन । यो हार्मोनको सक्रियता बढाउनको लागि हामीले खाने कुराहरुमा ध्यान दिनु पर्छ । यदि हामीले खुसी दिने खाने कुराहरु दिनहुँ प्रयोग गर्यौँ भने हामी जस्तोसुकै परिस्थितिमा पनि खुशी रहन्छौँ ।

खुशी हुनको लागि हामीले पोटाशियम, म्याग्नेशियम, र फलिक एसिडको मात्रा धेरै भएका खानेकुराहरु खाने गर्नुपर्छ । आज हामी तपाईँलाई खुशी बनाउने १० खाने कुराहरुको बारेमा जानकारी दिदैछौँ ।

केरा– यसमा हुने पोटाशियम, म्याग्नेशियमका साथै प्रोबायोटिक, भिटामिन बी ६, ट्रायप्टोफेन र आइरनले हाम्रो मुड फ्रेश राख्न मद्दत गर्छ । यसका साथै हामीलाई खुशी राख्न पनि यी तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

अण्डा– ओमेगा ३, फ्याट्टी एसिड,जिंक, भिटामिन्स र प्रोटीनले भरपूर अण्डाले हामीलाई मानसिक रुपमा स्वस्थ राख्छ ।

रातो डल्ले खुर्सानी – यसमा भिटामिन सी र भिटामीन ए धेरै हुन्छ । जसले हाम्रो मुड फ्रेश बनाउँछ र हामीलाई खुशी दिन्छ ।

नरिवल– नरिवलमा हुने ईलेक्ट्रोलाईट्सले शरीर र दिमागलाई हाइड्रेड राख्छ र हामीलाई खुशी बनाउँछ ।

पालक– पालकमा हुने आइरनले थकान र कमजोरी हुन दिँदैन । यसले डिप्रेशन र तनावबाट पनि बचाउँछ ।

मह– यसमा हुने एंटी इन्फ्लेमेटरीले दिमागलाई स्वस्थ राख्छ । यसका साथै यसले डिप्रेशनबाट पनि टाढै राख्दछ ।

सिमी– म्याग्नेशियमले भरपूर सिमीले खुशी बढाउने हार्मोनलाई सक्रिय बनाउँछ । सिमी एन्टी अक्सीडेन्ट्स र न्युट्रिएट्सले पनि भरपूर हुन्छ ।

डार्क चक्लेट– केफिन, कोको र सुगरले भरपूर डार्क चक्लेटले हाम्रो शरीरको ईनर्जी बुस्ट गर्छ । जसले गर्दा हाम्रो मुड फ्रेश रहन्छ । यसले हामीलाई खुशी पनि गराउँछ ।

होल ग्रेन्स– यसमा हुने कार्बोहाइड्रेट्सले मानिसलाई खुशी बनाउने हार्मोनलाई ब्यालेन्स राख्छ । रातो

मुला– यसमा रहेको फलिक एसिड र बिटेन नामको तत्वले ब्रेनमा सेरोटोनिन हार्मोन बढाएर स्वास्थ्य राम्रो बनाउँछ ।


  •  
  •  
  •