३० वर्षीया खोज पत्रकारको बलात्कारपछि हत्या, प्रधानमन्त्रीले गरे यस्ताे प्रतिबद्धता

738
  •  
  •  
  •  

काठमाडौं, २२ असाेज (एजेन्सी) : खोज पत्रकारितामा लामाे समयदेखि काम गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो। भिक्टोरिया बुल्गेरियामा लामाे समयदेखि खोज पत्रकारितामा सक्रिय भएर लागेकाे थिइन्।

पत्रकार भिक्टोरियाले खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । भिक्टोरियाककाे खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन ।

पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानुनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् । बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारवाही गर्न दबाव दिएका छन् ।


  •  
  •  
  •